दलाई लामाविरुद्ध संघर्ष जारी राख्ने चीनको उद्घोष
Published on: Thursday, July 11, 2013 // समाचार
काठमाडौं (नेपालडोर) । भारतमा शरण लिइरहेका तिब्बती धार्मिक नेता दलाई लामाविरुद्ध चीनको कम्युनिष्ट पार्टी र सरकारले संघर्ष जारी राख्ने उद्धोष गरेको छ । लामाको ७८ औं जन्मोत्सव मनाइरहेको समयमा चीनका एक उच्च कम्युनिष्ट नेताले यस्तो उद्घोष गरेका हुन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चीनको कम्युष्टि पार्टीका केन्द्रीय नेता झेङसेङले लामालाई अराजक गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले गल्ती स्वीकार नगरेको ती नेताको भनाइ छ । चीनले दलाई लामाविरुद्ध वास्तविक संघर्ष अब सुरु गर्ने चेतावनी दिएको छ । 'द दलाई क्लिक' नाम दिएको त्यो संघर्ष कस्तो हुने भन्ने खुलेको छैन ।
तिब्बत भ्रमणमा रहेका झेङसेङले लामाले आफ्नो गल्ती स्वीकार गर्दै आत्मालोचना गरे उनलाई चिनियाँ कम्युनिस्ट पार्टीले फरक ढंगले हेर्ने बताए । उनले थपे, 'तिब्बत सदियौँदेखि चीनको अधिनमा रहेको पनि दलाई लामाले स्विकार्नुपर्छ ।'
स्वतन्त्र तिब्बतको माग गर्दै दलाई लामा सन् १९५९ मा भारतमा शरण लिन पुगेका थिए । स्वतन्त्र तिब्बत भएको खण्डमा मात्रै लामाले तिब्बतमा वास्तविक बुद्ध धर्मको विकास गर्न सक्ने बताउँदै आएका छन् । तर, बेङजिङले सधैँ तिब्बत आफ्नो अधिनमा रहँदा त्यहाँको जीवनशैलीमा विकास भएको र दशकौँअघिदेखि सो धर्मप्रति आफूहरू सकारात्मक भएको बताउँदै आएको छ ।
उता, लामानिकट मानिस तथा संस्थाहरूले चीनले ६ जुलाईमा दलाई लामाको ७८औँ जन्मदिन मनाउँदै गर्दा मानिसहरूलाई गोली हानेको बताएका छन् ।
No comments:
Post a Comment